साम्राज्ञी शाह भन्छिन्- म डिम्ब भण्डारण गर्दैछु

  • कालिका खवर
  • शनिबार, चैत्र १७, २०८०
  • अभिनेत्री साम्राज्ञी शाहले आफूले डिम्ब भण्डारण गर्न लागेको बताएकी छन् । एक टेलिभिजनले आयोजना गरेको छलफल कार्यक्रममा उनले गर्भाधान योजनाबारे कुरा गरिन् ।

    उनले भनिन्, ‘म आफ्नो एग फ्रिज गर्दैछु । हामीले आफ्नै लागि गर्ने हो । मलाई यो सबै जनाको लागि हो जस्तो लाग्छ । म यसप्रति सकारात्मक पनि छु ।’

    करिअरमा केन्द्रित भएर अघि बढ्दा आफूलाई समय दिन नसकिने भएकाले आफूले यो निर्णय लिएको उनको भनाइ छ । ‘विवाह भनेर मात्र होइन, हामी करिअर फोकस हुनुपर्छ । किनभने सोचेअनुसार योजना हुँदै हुँदैन,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs