सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

  • कालिका खवर
  • मङ्लबार, चैत्र २७, २०८०
  • दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।

    इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरिसकेका थिए । घोषणापछि फ्यान दुःखी थिए ।

    विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने उल्लेख छ ।

    पछिल्लो दुई वर्षदेखि दुवैजना अलग बस्दै आएका छन् । घोषणापछि आफ्ना छोरा यात्रा र लिङ्गाको विद्यालय समारोहमा यी दुई कलाकार एकसाथ देखिएका थिए । १७ जनवरी २०२२ मा धनुषले एक्समार्फत आफूहरु अलग हुन लागेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs