काठमाडौं । नेपालीमा ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उखान खुब चल्ने गरेको छ ।
यदि कुनै व्यक्तिसँग सीप छ भने उसले हरेक परिस्थितिमा सफलता पाउन सक्छ ।
यस्तै, भारत पञ्जाबका दुई दाजुभाइको कथा सुन्दा यस्तो महसुस हुन्छ । पञ्जाबका यी दुई भाइहरू सोहना–मोहना जुम्ल्याहा हुन् ।
उनीहरू अन्य जुम्ल्याहा बच्चाहरू भन्दा फरक छन् । किनभने उनीहरूको शरीर एक अर्कामा जोडिएको छ ।
पञ्जाब, अमृतसरका सोहना र मोहना दुवै एउटै शरीरका भएकाले बाल्यकालमा आमाबुवाले अस्वीकार गरेका थिए ।