लेस्बियन विवाहले पायो कानुनी मान्यता

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १, २०८०
  • बर्दिया बढैयाताल–२ बर्दियाकी ३३ वर्षीया अन्जुदेवी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ की ३३ वर्षीया सुप्रिता गुरुङ जन्मँदा महिला हुन्। उनीहरू महिलाको रूपमै परिचित भए। तर दुवै जनाले करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडे र परम्पराअनुसार विवाह गरे तर उनीहरू कानुनी रूपमा पति–पत्नी हुन पाएका थिएनन्।

    अहिले उनीहरूले कानुनी रूपमा त्यो मान्यता पाएका छन्। समाजमा समलिंगी विवाहलाई अस्वीकार गर्ने प्रवृत्ति कायमै रहेको अवस्थामा यो जोडीले विवाह दर्ताको प्रमाणपत्रसमेत लिएको छ।

    बढैयाताल–२ का स्थानीय पञ्जिकाधिकारी एवं वडा सचिव दीपक नेपालीले उक्त विवाह दर्ता प्रमाणपत्र प्रदान गरेका हुन्। अन्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएका थिए।

    नेपालबाट दक्षिण एसियाकै यो पहिलो लेस्बियन जोडी बन्न सफल भएको छ,’ नेपालगन्जमा सोमबार पन्तले सञ्चारकर्मीसँग उन भने। उनका अनुसार सर्वोच्च अदालतले असार १२ मा दिएको आदेश र विभागको पत्रअनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक पुरुष समलिंगी माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्र जन्मँदा छोरा हुन्।

    अदालतको आदेशसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रो लिंगी, अन्तरलिंगी) समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको पन्तले बताए।

    यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएकी नेपालगन्जकी परिना चौधरी कानुनी मान्यता पाएसँगै क्रमिक रूपले यौनिक तथा अल्पसंख्यक समुदायले विवाह दर्ता प्रमाणपत्र बनाउने क्रम बढेको बताउँछिन्।

    ‘यो हाम्रो समुदायका लागि एकदमै खुसीको कुरा हो। अब बिस्तारै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजमा खुल्न सहज हुनेछ,’ उनले भनिन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs