दुध पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

  • कालिका खवर
  • बुधबार, फाल्गुन ३०, २०८०
  • दूध मानव शरीरको लागि निकै महत्त्वपूर्ण अनि एक स्वस्थ पेय हो भन्ने विश्वास नेपाली समाजमा व्याप्त छ । केही व्यक्ति यस्ता पनि छन् जसलाई राती सुत्नुअघि एक गिलास तातो दूध नपिई राम्रो निद्रा नै लाग्दैन । सत्य चाहिँ के हो भने नवजात अवस्थापछि मानिस बाहेक अरू कुनै प्राणीले अर्को प्राणीको दुध पिउँदैन । के दूध यस्तो चीज हो जसलाई हर कोहीले दिनहुँ पिउन सक्छन् ? दूधमा कस्ता खालका पोषक तत्त्व पाइन्छ ? दिनहुँ कति दुध पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ? अनि कसले चाहिँ दूध पिउनु हुँदैन ? यो लेखमा यी सबै प्रश्नको उत्तर दिने प्रयास गरिएको छ ।

    कसले गर्नु पर्छ दूधको सेवन ?

    पहिला पहिला आमाको दूध पिउने बालबालिकामा मात्रै ल्याक्टेज इन्जाइम पाइन्थ्यो । तर दैनिक दूध पिउने बानी बसेपछि मानव शरीरमा परिवर्तन आएको डाक्टरहरू बताउँछन् । त्यसैले वयस्कहरूले दूध पिउनु हुँदैन । दूधको सम्बन्ध पाचनसँग छ । कसै–कसैले एक लिटर दूध पनि अपच नहुने गरी पिउन सक्छन् । तर कसैलाई आधा गिलास दूध पिए पनि पेट फुल्ने, दुख्ने र पखाला लाग्ने समस्या आउन सक्छ । यस्ता व्यक्तिले दूध पिउनु हुँदैन । धेरै पोषक तत्त्व हुने भएकाले बच्चालाई दूध खुवाउनु पर्छ । यसले तौल पनि बढाउँछ । तर बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन । कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा राम्ररी खाँदैनन् ।

    हरेक दिन कति दुध पिउनुपर्छ ?

    केही वर्ष अघि भारतीय क्रिकेटर महेन्द्र धोनीले दिनमै चार लिटर दूध पिउँथे रे भन्ने हल्ला थियो । धोनी आफैँले भने दिनमा दिनकै एक लिटर दूध पिउने गरेको बताएका थिए । तर सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन् । धोनी निकै व्यायाम गर्छन् । उनमा एक लिटर दुध पचाउन सक्ने क्षमता हुन सक्छ । एक स्वस्थ व्यक्तिले ४०० मिलीसम्म दूध वा ४०० ग्रामसम्म दही खान सक्छ भन्छन् पोषणविद्हरू ।

    एकै पटक ४०० एमएल दूध खानु भन्दा बिहान २०० एमएल र बेलुका २०० एमएल दूध खानु राम्रो हुन्छ भन्छन् विज्ञहरू । कसै कसैको दूधमा चिनी मिसाएर खाने बानी पनि छ । दूधमा पहिले टन्नै क्यालोरी हुन्छ । त्यसैले यसमा चिनी मिसाएर खानु हुन्न । अल्सर वा ल्याक्टोज एलर्जी भएकाहरूले सकेसम्म दूध नखानु राम्रो हुन्छ । अपचको समस्या भएकाहरूले पनि दूध नछुनु राम्रो हो । यस्ता व्यक्तिले क्याल्सियमको लागि दूधको सट्टा घिउ, बदाम, हरियो तरकारी जस्ता क्याल्सियमका अन्य विकल्प प्रयोग गर्न सक्छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs