हाम्रो शरीरलाई किन चाहिन्छ भिटामिन के ?

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • स्वस्थ रहन शरीरलाई भिटामिनसँगै पोषक तत्त्व चाहिन्छ । हाम्रो शरीरलाई यी भिटामिनहरू सामान्य रूपमा बढ्न र विकास गर्न चाहिन्छ।

    ‘भिटामिन के’ले स्वस्थ हड्डी र तन्तुहरूको लागि शरीरमा प्रोटिन बनाउन मद्दत गर्छ। शरीरमा ‘भिटामिन के’ पर्याप्त मात्रामा नहुँदा अत्यधिक रक्तस्राव हुने खतरा बढ्छ ।

    मानिसहरूले तरकारीहरूबाट भिटामिन के पाउँछन्। पालक, ब्रोकाउली, सिमी र सोयाबिन जस्ता प्राकृतिक खाद्य तरकारीहरूबाट भिटामिन के प्राप्त गर्न सकिन्छ ।  तपाईले भिटामिन केका लागि अण्डा, स्ट्रबेरी र मासु पनि खान सक्नुहुन्छ। हाम्रो आन्द्रामा रहेको ब्याक्टेरियाले पनि केही मात्रामा भिटामिन के उत्पादन गर्छ।

    • हड्डी स्वस्थ कायम राख्छ : मेडिकल न्यूज टुडेका अनुसार भिटामिन के फ्याट-घुलनशील भिटामिनहरूको समूह हो जसले रगत जम्ने, बोनमेटाबोलिजम र रगतमा क्याल्सियमको स्तरलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले हड्डी बलियो बनाउन र हड्डीको घनत्व बढाउन मद्दत गर्छ।
    • मुटुलाई स्वस्थ राख्छ : भिटामिन के मुटुलाई स्वस्थ राख्ने ब्लड प्रेसर कम गर्न फाइदाजनक हुन्छ ।
    • महिनावारीको दुखाइ कम गर्छ: भिटामिन के ले हर्मोन नियमनलाई कायम राख्छ, जसले महिनावारीको समयमा दुखाइ जस्ता समस्याबाट राहत दिन्छ।
    • प्रतिरक्षा प्रणाली: भिटामिन केले प्रतिरक्षा प्रणालीलाई बचाउन र बलियो बनाउन पनि मद्दत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs