दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको ज्यान गयो

  • कालिका खवर
  • सोमवार, बैशाख ३, २०८१
  • दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

    आन्द्राभरैयाका चार जना बालक बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएका प्रहरीले जनाएको छ । हिजो दिउँसो खेल्न गएकामध्ये तीन जना खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अरु दुईजना गहिरो खाल्डोमा पुरिएका थिए । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs