जग्गा विवादमा लचक भए बालेन, नर्भिक भने भूमिसुधारले समय दिएर सम्झौता ताेडे संरचना हटाउने

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • काठमाण्डौ । काठमाण्डौ महानगरपालिका र नर्भिक अस्पतालबीच ‘सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने विषयमा काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह लचक भएका छन् । हिजो आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन चेतावनी दिएका मेयर शाहको निर्देशनमा २४ घन्टे अल्टिमेटमसहितको सूचना अस्पतालमा टाँस गरेकोमा दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्याैल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको छ ।

    नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले नक्शा लगायतका कागजातहरु देखाउँदै त्तकालिन समयमा नेपाल सरकारकाे तर्फबाट  भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि लिज सम्झौता भएको थियो । सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ । उक्त भाडादर प्रत्येक वर्ष १० प्रतिशत बढ्ने पनि सम्झौतामा जनाइएको छ । उक्त सम्झौताको अवधी अझै ८ वर्ष बाँकी छ । सरकारसँग २० वर्षका लागि लिज सम्झौता गरेर अस्पतालले भोगचलन गरिरहेको बताएका छन् ।

    मेयर साहले भने सरकारी जग्गामा नक्शा पास नगरिकन संरचना बनाउन नपाइने भन्दै टहरा नै भए पनि नक्शा पास गराउनुपर्ने बताए। त्यसपछि सिंहले आफूहरु नक्शा पास गराउन तयार रहेको भन्दै त्यसका लागि समय दिन आग्रह गरे । साह त्यसमा तयार भएनन् । उनले जग्गा नै खालि गर्नुपर्ने अडान राखे । अस्पतालले यसका लागि समय माग गर्यो । अन्ततः दुवै पक्षका मेडिकल र स्ट्रक्चरन इन्जिनियर राखेर उक्त जग्गामा रहेका अक्सिजन प्लान्ट लगायतका सामग्री सार्नका लागि आवश्यक समय निक्र्यौल गर्न दुवै पक्ष तयार भएका छन् । इन्जिनियरहरुले दिने सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने समझदारी भएको हो ।

    सरकारले आफ्नो जग्गा लिन चाहेमा कानुन अनुसार नै अगाडि अस्पतालका अध्यक्ष सिंहले बताए । उनी भन्छन्, ‘हामीलाई हटाउन नै चाहेको हो भने पनि ३ महिनाअघि नै जानकारी दिनु पर्छ । हामीले छाड्ने हो भने पनि जग्गा लिएको निकाय भूमिसुधारलाई ३ महिना अगाडि नै जानकारी गराउने दुई पक्षबीच सम्झौता भएको छ । केही घण्टामा नै खाली गर भन्न मिल्दैन,’ सिंहले भने ।

    हिजो नर्भिकले महानगरलाई पठाएको पत्र यस्तो छ:

    यस्ताे थियाे नर्भिक र भूमिसुधार बिचकाे सम्झौता

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs