श्रीमान्‌लाई शारीरिक सन्तुष्टी दिन सक्ने महिलाको खोजीमा श्रीमती, आवेदनको माग

  • कालिका खवर
  • बुधबार, भदौ ८, २०७९
  • ४४ वर्षकी एक महिलाले जागिरको लागि महिलाबाट यस्तो आवेदन मागेकी छिन् जसले थाइल्याण्डमा चर्चा बटुलेको छ । उनले आफ्ना श्रीमानका लागि ‘राम्री र शिक्षित’ मिस्ट्रेसलाई आवेदन दिन आह्वान गरेकी छिन् ।बैंकक अपार्टमेन्टमा बस्ने पाथिमा चाम्नान नामकी महिलाले आफ्ना श्रीमानसँग धेरै समयदेखि सुत्न नसकेका कारण आफूलाई खराब श्रीमती सोच्न थालेको बताएकी छिन् । यो सोचबाट निस्कनका लागि उनले श्रीमानका लागि एक मिस्ट्रेसलाई जागिरमा राख्ने निर्णय गरिन् । ती मिस्ट्रेसले उनका श्रीमानलाई शारीरिक सुख प्रदान गर्न सक्नुपर्ने र उनको निकै सुन्दर व्यक्तित्व र उत्कृष्ट वाक कला हुनेपर्ने शर्त राखिएको छ । उक्त जागिरका लागि चम्नानले मिस्ट्रेसलाई ४५० डलर तलब दिने पनि बताएकी छिन् । तलबका साथै उनलाई घरमा निःशुल्क खाना र आवासको व्यवस्थासमेत भएको बताइएको छ । यो प्रस्तावको विरोध भएपनि थाइल्याण्डकी यी महिलाले यो जागिरका लागि दुई जना छनोट गरिसकेको बताएकी छिन् ।‘जागिरका लागि आवेदन दिने महिलाको बच्चा हुुनुहुँदैन किनभने उनीहरु पछि बोझ बन्न सक्छन् । उनीहरुको व्यक्तित्व आकर्षक हुनुपर्छ र राम्रोसँग बोल्न सक्ने हुनुपर्छ,’ उनले भनिन् । ‘यसका साथै उनीहरुले मेरा श्रीमानलाई शारीरिक रुपमा खुसी पनि बनाउन सक्नुपर्छ । उनी एक पुरुष हुन् र उनलाई यसको आवश्यकता पर्छ । उनको यौन इच्छा निकै राम्रो छ र धेरै नै ऊर्जावान् छन् । उनकी मिस्ट्रेसले उनलाई साथ–सहयोग दिनुपर्नेछ र मनोरञ्जन पनि प्रदान गर्नुपर्नेछ, त्यसैले उनीहरुको पर्सनालिटी राम्रो हुनुपर्छ र ठट्टा गर्ने खालको पनि हुनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs