ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट

  • कालिका खवर
  • बुधबार, चैत्र ७, २०८०
  • ताप्लेजुङमा हिजो साँझ आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

    मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।

    जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेको एक सातामा सात वटा घर जलेका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs