१५ दिने मिथिला मध्यमिकी परिक्रमा आज समापन हुँदै

  • कालिका खवर
  • सोमवार, चैत्र १२, २०८०
  • मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।

    मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं श्रद्धालुहरु सहभागी भएका छन् । अन्तरगृहम परिक्रममा तीर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको छ ।

    फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs