गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ

  • कालिका खवर
  • आइतवार, चैत्र २५, २०८०
  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचाैरस्थित प्रदेश प्रमुखकाे निवासमा शपथग्रहण गराए ।

    नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आइतबार बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमाेजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराएका हुन् ।

    अधिकारी दाेस्राे पटक मुख्यमन्त्री बनेका हुन् । अधिकारीले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् ।

    सुरुवातमा मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । उनीहरुलाई मन्त्रालय भने दिइएको छैन । मुख्यमन्त्री अधिकारीलगत्तै मन्त्री चुमान र मनाङेले पनि शपथ लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs