प्रदेश सांसद घिमिरे द्वारा झोलुङ्गे पुल उद्‌घाटन स्थानियको वर्षौको सपना पुरा

  • कालिका खवर
  • बिहिबार, चैत्र ८, २०८०
  • विक्रम आचार्य शितगंगा, अर्घाखाँची जिल्लाको शिततगंगा नगरपालिका वडा नं-७ दमारबेसि- खैरेनिटार सितखाेलाकाे झाेलुङ्गे पुलकाे उद्घाटन एक कार्यक्रम विच लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गर्नु भएको छ ।
    कार्यक्रम शितगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष देविराम घिमिरेको अध्यक्षता प्रदेश सांसद रामजी प्रसाद घिमिरेको प्रमुख आथिथ्यता वडा नं ९ का वडा अध्यक्ष भीम केसि नेकपा एमाले नगर इन्चार्ज ओपि पाण्डे पुर्वाधार विकाश कार्यलय प्रमुख गोपिराज पुन मगर को विशिष्ठ आथिथ्यता विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगायत जनप्रतिनिधी सुरक्षा कर्मि पत्रकार र स्थानियको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अथिती घिमिरेले लुम्बिनी प्रदेश सरकारकाे १ कराेड ५८ हजार ३ सय ३४ रुपैया २४ पैसाकाे लागतमा १३४.२ मिटर लामाे झाेलुङ्गे पुल निर्माण सम्पन्न भएकाे र म झाेलुङ्गे पुलका लागि बारम्बार आग्रह गर्नु हुने वडा अध्यक्ष देबिराम घिमिरेलाई विशेष बधाई भन्न चाहन्छु साथै त्यसै गरि टेन्डर गर्ने पुर्वाधार बिकास कार्यालय अर्घाखाँचीका प्रमुख सहित सबै प्राबिधिक टिमलाई धन्यबाद भन्न चाहन्छु समय भन्दा अगाडि याेजना सम्पन्न गर्ने आस्था निर्माण सेवाका निर्माण ब्यबसायी कुशल लिम्बुलाई पनि हार्दिक धन्यबाद भन्न चाहन्छु भन्नु भयो ।

    कार्यक्रम वडा सदस्य टेक बहादुर गाहा को स्वागत मन्तव्य नेकपा एमाले नगर कमिटी सचिब ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs