मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

  • कालिका खवर
  • आइतवार, चैत्र ११, २०८०
  • पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किंदै छ । १४औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५औं दिन जनकपुरधाम फर्किरहेका छन् ।

    जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने छन् ।

    फागुने औशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs