महिलालाई कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै वीरगञ्जमा विरोध प्रदर्शन

  • कालिका खवर
  • शनिबार, बैशाख १०, २०७९
  • वीरगञ्ज – स्थानीय तहको निर्वाचनमा महिलालाइ कुनै पनि पदमा उम्मेदवार नबनाएकाे भन्दै बीरगन्जमा विरोध प्रदर्शन भएकाे छ ।

    नेपाली काँग्रेस ,लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायत दलका महिला नेतृ र कार्यकर्ताहरुले बीरगन्जमा शनिवार जुलुश निकालेर विरोध प्रदर्शन गरेका छन् । घण्टाघरबाट शुरु भएको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाइ सम्बोधन गर्दै महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरुले महिलाहरुको सहभागीता शुन्य पार्ने खेलमा लागेको आरोप लगाए ।संविधानमा स्थानीय तहको प्रमुख वा उप्रमुखका उम्मेदवार मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान छ ।

    तर अहिले सबै राजनीतिक दललले चुनावी गठबन्धन गरेर मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारको नाम अगाडि सारिरहेकोले महिला माथि अन्याय भइरहेको उनिहरुले बताए ।कोणसभालाइ सम्बोधन गर्दै काँग्रेस नेतृत्व डाक्टर सुष्मा द्विवेदीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाइ उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् ।

    यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन् ।
    चुनावी गठबन्धनको आफुहरु विरोधी नभएको भन्दै उनले तर दलहरुले गठबन्धन गर्दा महिलालाइ नभइ पुरुषलाइ मात्रै उम्मेदवारमा अगाडि सारेको बताइन् ।वीरगन्ज महानरगको उपमेयरका लागि आंकाक्षी समेत रहेकी उनले वीरगन्ज महानगरको सन्दर्भमा पनि गठबन्धन गरेर दललेहरुले मेयर र उपमेयर दुवैमा पुरुषलाइ नै उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन् ।लोसपाकी नेतृ रम्भा मिश्रले गठबन्धनका नाममा सबै दलहरुले महिलालाइ पन्छयाएर पुरुषलाइ मात्र उमेद्वार बनाउने षडयन्त्र गरिरहेको बताइन् ।

    उनले भनिन् ‘ यसअघिको चुनावमा उपमेयरमा जितेर महिलाहरुले आफनो कुशलता र सक्षमता प्रदर्शन गरिसकेका छन् , तर आउदो चुनावमा महिलाको सहभागीता शुन्यमा झार्ने प्रपन्च भइरहेको छ ।पुरुषलाइ मात्र उम्मेदवार बनाउदा संविधान पनि मिचिने भन्दै उनले तर राज्यले पनि संविधान मिच्नेहरुलाइ अंकुश नलगाएको गुनासो गरिन् ।मिश्राले भनिन्,‘ यदि महिलालाइ उम्मेदवार बनाइएन भने हामी सबै दलका महिलाहरु अझ कडा आन्दोलनमा उत्रिन्छौ , पार्टी कार्यालयहरुमा तालाबन्दी पनि गर्छौ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs