मङ्सिर ४ मा यसकारण मेरो उम्मेद्वारी : किरण केसि

  • कालिका खवर
  • मङ्लबार, भदौ ७, २०७९
  • बाल्यकालमा मलाइ बालाजु क्षेत्र र यसको वरिपरी निकै रमणीय लाग्थ्यो । बालाजु आफ्नो सुन्दरताको लागि प्रसिद्ध थियो । समयक्रममा म हुर्किदै गए र बालाजु पनि बिकृत हुदै गयो । बालाजु क्षेत्रको सुन्दरता हराउदै जानुले मलाइ भित्र भित्रै दुखित बनाउथ्यो । समाजसेवी मेरा बाबा र शिक्षिका मेरी आमा बाट मैले मेहनत , इमान्दारिता र उद्धमशिलता नै जीवनको सहि दर्शन हो भन्ने सिकिसकेको थिए । अराजकता , अविकसित र गरिवी तर्फ धकेलीइरहेको थियो भने अर्को तर्फ म युवा हुदै पनि गैरहेका थिए । युवा हुदै गर्दा देश बदल्नु पर्छ भन्ने अठोट पनि बलियो हुदै गैरहेको थियो । तर म तत्काल राजनीतिमा प्रभाव पार्न सक्दिनथे । मेरो बुद्धिले भ्याए सम्म विश्व र नेपालको तुलना गर्थे र हाम्रो अवस्था किन यति दरिद्र छ भनेर सोच्ने गर्थे । त्यतिबेलाको निष्कर्ष यो रह्यो कि उद्धमशिलता , इलम , नगरिकन राजनीति गर्नेहरुले राजनीतिलाई भ्रष्टीकारण गरिरहेको छ । केहि नगर्नेहरु राजनीतिमा भएकाहरुले राजनीतिलाई कमाउने पेशा बनाइरहेका छन । त्यसपछि म उद्धमशिलता गर्ने र पैसा कमाएर मात्रै राजनीति गर्ने दृढ अठोट लिएर पढाइ गर्नमा लागे । अष्ट्रेलिया जानु मेरो मेरो सहज छनोट थिएन बरु एउटा दिर्घकालिन योजना अन्तर्गत थियो । एउटा सम्पन्न मान्छेले मात्रै सम्पन्न समाजको कल्पना गर्न सक्छ भन्ने मान्यता मेरो छ । नेपालमा आहिले आएर बल्ल स्वतन्त्र अभियान चले पनि मेरो चाही दिमागमा स्वतन्त्रको योजना अपहिले नै थियो । म हिजोआजका केहि घटना बाट प्रभावित छैन । राजनीतिमा लागेका सबै जना वास्तवमा घिसिपिटी राजनीति बाट वाक्क छन । तर उनीहरु नयाँ सोचका लागि तयार छैनन , युवालाई स्पेस दिन तयार छैनन , पुराना संग भिजन नै छैन । मलाइ समाज बदल्नका लागि बलियो धक्का दिने बेला उचित समय यहि हो भन्ने लागेको छ ।
    म राजनीतिमा मुलत ३ समस्या देख्छु –
    → नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व
    → राजनीतिकर्मीको उद्धमशीलता विहिन जीवनशैली

    → युवालाई अवसर दिनमा रोकावट

    मुलत यिनै ३ कुरालाई मुद्दा बनाएर म किरण केसी , काठमान्डू  को स्वतन्त्र उम्मेदवारको रुपमा उभिएको छु । स्वतन्त्रको बाटो अलि अफ्तेरो बाटो हो तर म देशका लागी अफ्तेरो बाटो हिड्न तयार छु । किरण केसी व्यक्तिको रुपमा हैन एउटा क्रान्तिको रापमा तपाइँ सामु उपस्थित छ ।

    केहि उल्लेखनीय कामहरु

    सन् २०१२ मा हामीले देशको चिन्ता लिने केहि युवाहरु मिलेर नयाँ नेपालको सुरुवात ( beginning of new Nepal ) अभियान सुरु गर्यौं । यस अभियानले देश बिकास कसरी हुन्छ भनेर युवाहरु माझ छलफल गर्थ्यो । सन् २०१५ को महाभूकम्पमा हामी आत्तिएर मात्र बसेनौ बरु एउटा रिलिफ फन्ड कलेक्ट गर्यौं र प्रधानमन्त्री राहत कोषमा रु १ लाख जम्मा गर्यौं । नवलपरासीको जनता प्राथमिक माबीमा मैले व्यक्तिगत रुपमा स्कुल ड्रेस , झोला , कापी कलम पेनहरु वितरण गरेको छु ।

    मेरो वाल्यकाल
    बालाजु मा रहेको ध्रुवतारा नर्सरीमा बाबालाई सघाउन म गइरहन्थे । हामी मध्यम परिवार बाट थियौं । एकदिन एकजना बृद्ध आमा बाटो काट्न निकै बेर अलमलीइरहेको देखे । उहाँलाइ मेरो बाबाले पनि देख्नु भएको रहेछ । मेरो बाबाको इशारामा म उहाँ बृद्ध महिलालाइ बाटो कटाउन सहयोग गरे । मैले स्यावासी पनि पाएँ । फलत मलाइ असिम खुसि मिल्यो । त्यो नै मैले थाहा पाए सम्म आफैले गरेको काम बाट पाएको सबै भन्दा ठुलो खुसि थियो त्यतिबेला सम्म । मेरो बाबा अनामि समाजसेवी भएकोले थोरवाहुत ममा उहाँको गुण सरेको थियो । समयक्रममा एस एल सी दिए प्लस टू सके । प्लस टू साइन्स पछी इन्टर्न गर्न गएँ । त्यसवेला मैले बुझे कि कामको कुनै इज्जत नहुने रैछ । एउटा घटना त ताजै छ , म जेको इन्टर्न गर्न गको हो त्यो नगराई मलाइ चुरोट किन्न पठाइयो । मैले निकै बेर सोचेर म यहाँ चुरोट किन्न जान आएको होइन , काम सिक्न आको हो बने । फलत मलाइ काम बाट निकालियो । यसरी म मा क्रान्तिकारीता पहिला देखि नै थियो । अनि मैले आइ क्लब बाट प्रोग्राम आयोजना गरे । हाउसफुल भयो पुरै टिकेट बेचे । त्यसले मलाइ व्यापार व्यवसायको आधारभूत ज्ञान दियो । लगत्तै म सान इन्जिनियरिंग कन्सल्टेन्सीमा कम्प्युटर अपरेटरको काम गर्न थाले । त्यहाँ धेरै इन्जिनियरहरु संग उठबस हुने काम गर्ने हुदै गयो । चिन बाट सामानहरु आको देखे । म कलिलो उमेरमै परिपक्क टिम संग काम गरिरहेको थिए । त्यहींको प्रभावले होला मैले पुल्चोकमा इन्जिनियरिंगको लागि इन्ट्रान्स दिए । नाम निस्किन्छ भनेर ढुक्कले आमालाई फोन गरे । तर प्रश्नपत्र लिक भएको भनेर त्यसको नतिजा नै रद्द भयो । मैले वर्ष त खेर फाल्न भएन भनेर बेंगलोर गएर मेकानिकल इन्जिनियरिंग जोइन गरे । घर बाहिर गएकोले मैले त्यस अघि नभोगेको सबै दुखहरु बेन्ग्लोरमा भोगे । अन्तरकलेज स्तरीय एक प्रतियोगितामा हाम्रो प्रोजेक्ट प्रथम भएको थियो । त्यहाँ मैले नाइट ड्युटीहरु पनि गरे । बेंगलोर बाट पढाइ सकेर नेपाल आउदा मैले मोटरसाइकल धुने त्यसबेलाको अत्याधुनिक प्रविधि वाशिंग मेसिन लेर आए । त्यसको बिजनेस गरे । मैले ५ जनालाई रोजगारी दिएँ । त्यो राम्ररी चल्दै थियो । तर मेरो सानै देखिको सपना त देशलाई योगदान दिने थियो । मेरो निस्कर्ष त पढेका नेता भएनन भन्ने थियो । तसर्थ पनि मैले राम्रो युनिभर्सिटी बाट उच्च शिक्षा लिनु पर्ने थियो । त्यसबेलाको लहड अनुसार म पनि अस्ट्रेलिया गए । अस्ट्रेलियामा मैले एम बि ए पढे । र संग संगै सानो स्केलको बिजनेस पनि गरे । उसो मैले सुरुवातमा वेटरको काम पनि गरे । समयक्रममा मेरो बिजनेसले आकार लिदै गयो । र आज उक्त कम्पनि डेढ करोड मासिक व्यापार गर्नेमा परेको छ ।

    मलाइ बिजनेस बाट , परिवार बाट , साथिभाइ बाट सबै बाट सन्तुष्टी मिलेको छ । म यहाँ थप बिजनेस विस्तार गर्न सक्छु । तर ………….तर म भित्र बाट सन्तुष्ट छैन । मैले मेरो सपना विर्सेको छैन । मेरो सपना हो देशलाई योगदान दिने । म युवा छदै देशलाई योगदान दिन चाहन्छु । अहिले म बल्ल २८ वर्षको भएँ । दुख , व्यवहार , काम , बिजनेस आदीले मलाइ परिपक्व बनाइसकेको छ । नेपाललाई म युवाको देश बनाउन चाहन्छु । यहाँ मैले बिजनेसको सफलताको सुत्र जुन सिके नेपालमा गएर समाजमा प्रयोग गर्न चाहन्छु । मेरो इन्जिनियरिंगको ज्ञान , एमबीएको ज्ञान र बिजनेसको ज्ञान म मेरो देशको सेवामा लगाउन चाहन्छु ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs