भगवान विष्णुको प्रतीक क्रिस्टल कछुवा, सुख-शान्ति, समृद्धि पुरक

  • कालिका खवर
  • मङ्लबार, अशोज ९, २०८०
  • धार्मिक आस्था अनुसार  विभिन्न देवीदेवतालाई जनाउने पशुपंक्षीको तस्वीर तथा आकृतिहरू सजावटका लागि राखिन्छ । जसले घरमा शुभ कार्यका लागि सघाउ पुग्दछ । आज हामी घरमा शुभ वातावरण सिर्जना गर्नका लागि राखिने ‘आर्टिफिसिएल टर्टल’ अर्थात् कृतिम कछुवाको बारेमा चर्चा गर्दैछौँ । कछुवालाई सुख-शान्ति, समृद्धि र भगवान विष्णुको प्रतीकको रूपमा लिइन्छ । 

    पुरानो समयमा घरको एक छेउमा पोखरी बनाएर कछुवा पाल्ने गरिन्थ्यो । हिजोआज पनि फाट्टफुट्ट कछुवा पालन देख्न पाइन्छ तर पहिलेपहिले जस्तो सर्वसुलभ भने छैन । पोखरी बनाएर जीवित कछुवा राख्न सम्भव नहुने हुँदा कृतिम कछुवा राख्ने प्रचलन सुरु भएको हुनसक्छ । बजारमा विभिन्न प्रकारका कछुवा सहजै उपलब्ध छन् । चाँदी, क्रिस्टल, धातु, माटो र काठ आदिबाट बनेका कछुवा पाइन्छन् । हरेक बनावटको आफ्नै विशेषता हुन्छ । 

    कछुवालाई दिव्य प्राणीको रुपमा लिइन्छ । हिन्दु धर्ममा मात्र नभई, चिनियाँहरूले कछुवालाई पनि विशेष महत्वका साथ हेर्ने गरेको पाइन्छ । वैदिक  सनातन धर्मले भगवान विष्णुका २४ अवतार मध्ये ‘कूर्म अवतार’ अर्थात् कछुवाको अवतारलाई दोस्रो अवतारको रूपमा व्याख्या गरेको पाइन्छ । कछुवा भएको घरमा लक्ष्मीले बास गर्ने र प्रशस्त धनलाभ हुने मान्यता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs