लङ्ग डिष्टेन्स रिलेशनशिपमा बढ्दै छ किसिङ डिभाइसको प्रयोग

  • कालिका खवर
  • शनिबार, कार्तिक ४, २०८०
  • केही समय अघिमात्रै चीनले यान्त्रिक ओठ बनाएको खबर सुन्नमा आयो । यो ओठलाई फोनमा कनेक्ट गरेर टाढा बसेका प्रेमी जोडी एक आपसलाई किस गर्न सक्थे । यो उपकरण लङ डिस्टेनस रिलेशनशिपका लागि वरदान भएको उपकरण निर्माता कम्पनीको भनाई थियो । सिलिकनले बनेको यो उपकरणले सेन्सरको मद्दतले किशिङ डेटा दुई जनालाई ट्रान्सफर गर्छ । पछिल्लो समय बजारमा टाढा भएर पनि सँगै भएको महसुस गराउने खालका यस्ता अनेकौं उपकरणहरु बजारमा आएका छन् ।

    यी सामान अनलाइन र अफलाइन दुबैतिर बिकिरहेका छन् । टाढा बसेका प्रेमीहरूलाई सँगै भएको आभास दिने यी उपकरणले कसरी काम गर्छ भनेर तपाईँको मनमा प्रश्न आएको होला ? यी उपकरणहरूले एआई प्रविधिको प्रयोग गरेका हुन्छन् । यी सबै प्रडक्टको विशेषता यही हो कि यिनीहरू जोडीमा पाइन्छन् । अर्थात् दुवै जनासँग एक एक थान उपकरण हुनु पर्छ । किशिङडिभाइस बाहेक पनि बजारमा अनेकौं डिभाइस भेटिन्छ ।

    टच ब्रासलेटः टच ब्रासलेटको स्क्रिनलाई कुन एक पार्टनर छुँदा एपले अर्को व्यक्तिको डिभाइसमा छोएको डेटा पठाइदिन्छ अर्थात् अर्को व्यक्तिले त्यो छुवाई महसुस गर्छ । टचिङ रिङ र कपल वाचले पनि यसैगरी काम गर्छ ।

    टच ल्याम्पः एक जनाले यो ल्याम्प छुने बित्तिकै दोस्रो व्यक्तिसँग भएको ल्याम्प आफैं बल्छ । अर्कोले आफूलाई सम्झिरहेको छ भन्ने त्यो व्यक्तिले थाहा पाउँछ ।

    स्पेशल कपल स्मार्ट वाचः यसको मद्दतले एउटा पार्टनरको तनाव स्तर, मुटुको धड्कन, श्वासको उतारचढाव, शरीरको तापक्राम जस्ता जानकारी दोस्रो पार्टनरले पाउँछ । अर्को व्यक्तिलाई आफ्नो आवश्यकता कतिखेर छ भन्ने कुरा महसुस हुन्छ । इमोशनल र शारीरिक आवश्कयता पनि अलग–अलग स्मार्ट लभिङ डिभाइसमार्फत पूरा गरिन्छ ।

    टाढा भएका प्रेमीसँग अंकमाल गर्न विशेष सूट र एप पनि बजारमा आएको ज्याकेटजस्तै देखिने यो सुटले भर्चुअली नै अंकमाल गरेको जस्तो महसुस गराउँछ । टाढिएका प्रेमीप्रेमिकालाई एक आपसमा कनेक्ट गराउन प्ले स्टोरमा दर्जनौ एप्स पाइन्छ । धेरै सुविधा भएका कयौं एप त पैसा तिरेरै किन्नु पर्छ । टाढा रहेर पनि आपसी सम्बन्ध कायम गर्न यस्ता उपकरणहरु सहयोगी अप्सन हुन सक्छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs