चलचित्र निर्माता हरि भट्ट मोटरसाइकल दुर्घटनामा घाइते

  • कालिका खवर
  • बुधबार, मंसिर २७, २०८०
  • काठमाडौँ । चलचित्र निर्माता हरि भट्ट मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । मंगलबार उनको मोटरसाइकल बालाजुस्थित माछापोखरीमा दुर्घटनामा परेको हो ।

    घाइते भट्टको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको कलाकार जेबी डिसीले जानकारी दिए । डिसीका अनुसार भट्टको शरिरमा सामान्य चोट लागेपनि देब्रे हात भने तीन ठाउँमा भाँचिएको छ ।

    चिकित्सकले उनको हातको बुधबार अपरेसन मार्फत रड समेत राखेका छन् । भट्टको अवस्था अहिले सामान्य रहेको डिसीको भनाई छ ।भट्ट अहिले फिल्म ‘अभेद्य’ निर्माणको तयारीमा छन् । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको केही दिन अगाडि मात्र घोषणा भएको थियो । भट्टले यस अगाडि ‘मन्दिरा’, ‘छोरीको कर्म’, ‘सहारा’, ‘घन चक्कर’ लगायतका फिल्म निर्माण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs