बाहुबलीको रेकर्ड तोड्दै सलार

  • कालिका खवर
  • मङ्लबार, पुस १७, २०८०
  • मुम्बई । प्रभास अभिनित ‘सलार’ले भारतको घरेलु बक्स अफिसमा ४ सय करोड भारतीय रुपैयाँ कमाउने नजिक पुगेको छ । हप्ताको मध्यमा चलचित्रको व्यापारमा कमी देखिए पनि नयाँ वर्षको छुट्टीसँगै चलचित्रको कमाइमा वृद्धि भएको छ ।

    स्याकनिल्कका अनुसार चलचित्रले ११ औँ दिनमा १५.५ करोड भारु कमाएको छ । योसँगै चलचित्रले भारतमा मात्र कूल ३६०.७७ करोड भारु कमाएको छ ।विश्वभर चलचित्रले ६३५ करोड भारु कमाएको होमेबल फिल्मसले कमाएको छ । सलार बाहुबलीले विश्वभर कमाएको ६५० करोडको रेकर्डभन्दा मात्र २५ करोड भारु टाढा रहेको छ । सलारले विजयको लियोको ६०५ करोड भारुको रेकर्ड उछिनिसकेको छ ।

    चलचित्रलाई जवानले बनाएको ११ सय करोड भारुको रेकर्ड तोड्न भने कठिन हुने देखिएको छ । जवानले पहिलो हप्तामा नै ३८९.८८ करोड भारु कमाएको थियो भने सलारले ३०८ करोड भार कमाएको थियो । चलचित्रले ९०.७ करोड रुपैयाँ कमाउँदै जवानले बनाएको पहिलो दिनको कमाइको रेकर्ड भने तोडेको थियो ।

    यता राजकुमार हिरानी निर्देशित कमेडी ड्रामा डंकीले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्रले १२ औँ दिनमा भारतमा ९.२५ करोड भारु कमाएको छ । चलचित्रले घरेलु बक्स अफिसमा ३८०.६० करोड कमाइसकेको छ । चलचित्रमा शाहरुख सँगै तापसी पन्नु, विक्की कौसल, बोमन इरानीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs