मानसिक रूपमा आफूलाई बलियो बनाउन चाहनु हुन्छ ?

  • कालिका खवर
  • बुधबार, पुस २५, २०८०
  • काठमाडौँ । हरेक परिस्थितिमा खुसी रहने मान्छेहरू कमै हुन्छन् । जित होस् वा हार, पीडा होस् या सुख हरेक अवस्थाले खासै असर नगर्ने यस्ता मानिसहरूलाई मानसिक रूपमा बलियो मानिन्छ ।

    जीवनमा अनेकौँ खालको चुनौती र उतारचढाव आउँछन् । यस्ता हरेक चुनौती र उतारचढावको डटेर सामना गर्न अनि पार गर्न व्यक्ति मानसिक रूपमा बलियो हुन जरुरी छ । मानसिक रूपमा बलियो व्यक्तिका केही बानी हुन्छन्, जसले उनीहरूलाई अरू मान्छेबाट भिन्न देखाउँछ ।

    जीवनमा अगाडि बढ्ने :
    मानसिक रूपमा बलिया मानिसहरू जिन्दगीमा अगाडि बढ्न सफल हुन्छन् । यिनीहरू कि तागतपूर्ण जीवन बिताउँछन् कि आफैँलाई साबित गर्न सक्ने चुनौतीहरू खोज्छन् । उनीहरू विगतबारे धेरै सोच्दैनन् । जीवनमा अगाडि आफ्नो लागि के–के छ भनेर खोज्छन् ।

    परिवर्तनलाई स्वीकार गर्छन्:

    परिवर्तनलाई स्वीकार गर्ने क्षमताले नै मानसिक रूपमा बलियो मान्छेलाई सामान्य मान्छेबाट अलग देखाउँछ । यस्ता व्यक्तिहरू जीवनमा आउने हरेक परिवर्तनलाई स्वीकार गर्छन् । परिवर्तनको विरोध गर्नुको सट्टा यसको स्वागत गर्छन् । यिनीहरू परिवर्तनलाई विकास वा सुधारको रूपमा हेर्छन् ।

    खुसी रहने:

    यस्ता मान्छेहरू सधैँ आशावादी र सन्तुष्ट रहन्छन् । उनीहरू नकारात्मक कुरामा धेरै ध्यान दिँदैनन् । सत्य तथ्यको सामना गर्छन् । यिनीहरू आफूमा रहेको कमीकमजोरी र जीवनको नकारात्मक पाटो पनि स्वीकार गर्छन् । तर यी कुराहरूलाई आफूमाथि हाबी हुन भने दिँदैनन् । कुनै पनि कुरा वा स्थितिमा सन्तुष्ट रहनु नै मानसिक शक्तिको सङ्केत हो ।

    जोखिम उठाउने इच्छा:

    यिनीहरूले खतराको सामना गर्छन् । जोखिम उठाउन डराउँदैनन् । सोचेर सम्झेर फैसला लिन्छन् । उनीहरूको यस्तै दृष्टिकोणले नै जीवनको चुनौती पार गर्न मद्दत गर्छ ।

    आफू अनि भविष्यमाथि लगानी:

    भविष्यका लागि आफ्नो बारेमा सोच्नु मानसिक रूपमा मजबुत व्यक्तिहरूको प्राथमिकता हुन्छ । उनीहरू सक्रिय रूपमा भविष्यबारे योजना बनाउँछन् । यिनीहरू हरेक चुनौतीलाई स्वीकार गरेर आफूलाई भविष्यका लागि तयार गर्छन् । यी सबै कुराले उनीहरूको व्यक्तिगत विकासमा सहयोग पुर्‍याउँछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs